बिहीबार, माघ ८, २०८२

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजीनामा

मेरोन्यूज २०७८ फागुन २९ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष आइतबार राजीनामापत्र बुझाएका हुन् । घिमिरेकै नेतृत्वमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको थियो ।

वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार छन् ।
बार अध्यक्षमा उम्मेदवार भएकाले उनले पार्टीको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् ।

घिमिरे बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धन दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत १९ गते मतदान हुँदैछ ।

प्रतिक्रिया