मंगलबार, पुष १५, २०८२

सेयर बजार १०१ अंकले बढ्यो

मेरोन्यूज २०७८ फागुन २९ गते १६:३४

काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ ।

लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो ।

आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो ।

आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन् ।

प्रतिक्रिया