शुक्रबार, चैत १३, २०८२

रामशाहपथमा ट्राफिक नियन्त्रण तालिम

मेरोन्यूज २०७८ फागुन २९ गते १८:१७

काठमाडौँ । प्रहरी हवल्दार तथा प्रज ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा शुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आइतबारबाट शुरु गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त तालिम उद्घाटन गर्दै फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पु¥याउने उल्लेख गरे ।

ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ (१२ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरीय ढंगले संचालन गरिने महाशाखाले जनाएको छ ।

कार्यक्रममा महानट्राफिक महाशाखा तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया