प्रकाश सपुतको गीत पूरै हेर्न पाएको छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सामाजिक सञ्जालमा विवादमा आएको प्रकाश सपुतको गीत नहेरेको बताएका छन् । सोमबार पत्रकारहरूले विवाद भइरहेको अहिलेको गीत हेर्नु भएको छ ? भन्ने प्रश्नमा प्रचण्डले त्यो पूरै गीत हेर्न नपाएको बताए ।
‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन,’ प्रचण्डले भने, ‘जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन ठिक थियो कि थिएन ? जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन ?, यो कुरा पनि हेर्नु पर्यो ।’
प्रचण्डले विदेशी मुलुकमा जनयुद्ध लडेका योद्धाहरू कठिन अवस्थामा भएको देखे पनि फेरि आवश्यक परे साथ दिने बाचा गरेको बताए । ‘उहाँहरूले देश र जनताका निम्ति शान्तिमा आउनै पथ्र्यो, आइयो, संघीयता–समावेशी–सबै उत्पीडन जाति वर्गले केही न केही हक अधिकार पाएका छन् भनेर गर्व गर्नु भएको पक्ष पनि छन्,’ उनले भने, ‘महिलाहरूको हिजो जनयुद्धका बेला कीर्तिमान कायम भएका कुरा पनि छन्, त्यतिबेला राज्यबाट भएका दमन अत्याचारको पक्ष पनि छन् ।’
उनले एउटा गीतलाई लिएर अहिले कोही उत्तेजित हुनु नपर्ने बताए । उनले भने, ‘अहिले हामी कोही पनि एउटा गीनमा उत्तेजित हुनु पर्ने अवस्था छैन, तर्कवितर्क हुन्छन्, त्यसलाई सहज स्वभाविक रुपले लिनुपर्छ ।’
अध्यक्ष प्रचण्डले जनयुद्धको प्रभाव अहिलेमात्र नभएर सयौँ वर्षसम्म रहने बताए । उनले भने, ‘मैले भने नि यो अहिले मात्र होइन, सयौँ वर्ष रहन्छ, हामी गइसकेपछि पनि रहन्छ ।’
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया