प्रकाश सपुतको गीत पूरै हेर्न पाएको छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सामाजिक सञ्जालमा विवादमा आएको प्रकाश सपुतको गीत नहेरेको बताएका छन् । सोमबार पत्रकारहरूले विवाद भइरहेको अहिलेको गीत हेर्नु भएको छ ? भन्ने प्रश्नमा प्रचण्डले त्यो पूरै गीत हेर्न नपाएको बताए ।
‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन,’ प्रचण्डले भने, ‘जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन ठिक थियो कि थिएन ? जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन ?, यो कुरा पनि हेर्नु पर्यो ।’
प्रचण्डले विदेशी मुलुकमा जनयुद्ध लडेका योद्धाहरू कठिन अवस्थामा भएको देखे पनि फेरि आवश्यक परे साथ दिने बाचा गरेको बताए । ‘उहाँहरूले देश र जनताका निम्ति शान्तिमा आउनै पथ्र्यो, आइयो, संघीयता–समावेशी–सबै उत्पीडन जाति वर्गले केही न केही हक अधिकार पाएका छन् भनेर गर्व गर्नु भएको पक्ष पनि छन्,’ उनले भने, ‘महिलाहरूको हिजो जनयुद्धका बेला कीर्तिमान कायम भएका कुरा पनि छन्, त्यतिबेला राज्यबाट भएका दमन अत्याचारको पक्ष पनि छन् ।’
उनले एउटा गीतलाई लिएर अहिले कोही उत्तेजित हुनु नपर्ने बताए । उनले भने, ‘अहिले हामी कोही पनि एउटा गीनमा उत्तेजित हुनु पर्ने अवस्था छैन, तर्कवितर्क हुन्छन्, त्यसलाई सहज स्वभाविक रुपले लिनुपर्छ ।’
अध्यक्ष प्रचण्डले जनयुद्धको प्रभाव अहिलेमात्र नभएर सयौँ वर्षसम्म रहने बताए । उनले भने, ‘मैले भने नि यो अहिले मात्र होइन, सयौँ वर्ष रहन्छ, हामी गइसकेपछि पनि रहन्छ ।’
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया