आइतबार, माघ ४, २०८२

बैंकिङ कसुरकी फरार प्रतिवादी महिला पक्राउ

मेरोन्यूज २०७८ फागुन ३० गते १७:०५

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बैकिङ्ग कसुरको मुद्धामा एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । ललितपुरको वडा नम्बर १ घर भएकी हाल भक्तपुर उपमहानगरपालिका वडा नम्बर २२ मकलविनायक बस्दै आएकी राधा मताङ्गीलाई सिआईबीले पक्राउ गरेको हो ।

उनले सानिमा बैंकको सुर्यविनायक शाखामा रहेका सानिामा नारी बचत खाताबाट रकम भुक्तानी हुन्छ भन्दै रकम नै नभएको चेक दिएपछि पीडितले चेक बाउन्सको मुद्दा दायर गरेका थिए ।

सिआईबीका अनुसार गत २०७७ साउन २० गते खातामा प्रयाप्त रकम नभएको चेक दिएकी थिइन् । उनलाई उच्च अदालत पाटनले उनलाई ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । सिआइबीले उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिक्रिया