मंगलबार, पुष १५, २०८२

५८ जनामा कोरोना संक्रमण, १४८ संक्रमणमुक्त

मेरोन्यूज २०७८ फागुन ३० गते १७:४१

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५४१८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १४८ संक्रमणमुक्त भएका छन्। भने हाल ४ हजार ८१९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया