स्थानीय निर्वाचन बहिष्कार गर्न वैद्य माओवादीको दुई महिने अभियान

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने भएको छ ।
क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचन बहिष्कारका लागि दुई महिने अभियान चलाउने निर्णय गरेको पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले जानकारी दिए ।
आगामी निर्वाचन स्वच्छ र निश्पक्ष हुने कुनै सम्भावना नदेखिएको निश्कर्ष निकाल्दै क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारको नीति लिएको जनाएको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको क्रान्तिकारी माओवादीले प्रदेश र संघको निर्वाचनमा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ को नामको दलबाट भाग लिएको थियो । उनीहरुले संसदीय ब्यवस्थाको भण्डाफोर गर्न भन्दै निर्वाचन उपयोग गरेको जनाएको थियो ।
उनीहरुले अहिलेको अवस्थामा निर्वाचन बहिष्कारबाट नै पार्टीको क्रान्तिकारी छवि उज्वल हुने देखेका छन् ।
केन्द्रीय समिति बैठकमा महासचिव वैद्यल पेश गरेको प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको उल्लेख छ ।
साथै वर्तमान राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको वैद्य माओवादीको निश्कर्ष छ ।
अहिले संसदमा एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकाको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको भन्दै वैठकले त्यसको अझै भण्डाफोर गर्न अति जरुरी भएको ठहर गरेको छ ।
















क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया