शुक्रबार, माघ ९, २०८२

गाउँपालिकाकै पहिलो इन्जिनियरले गरे गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ फागुन ३० गते १८:३९

सिन्धुपाल्चोक । सिभिल इन्जिनियर ध्रुबराज घिमिरेले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘आधारभुत काम गरौ, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ घिमिरेले गाउँपालिकामा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्थानीय युवामाझ लोकप्रिय घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियर हुन । उनीसँग देशका बिभिन्न जिल्लाहरु दर्चुला, ताप्लेजुङ, दैलेख, दोलखा, नुवाकोट लगायतका ठाउँहरुमा विगत १० बर्षदेखि सिभिल इन्जिनियर र प्रोजेक्ट मेनेजरको रुपमा कार्य सम्पादन गरेको अनुभव छ ।

घिमिरेले जुगल गाउँपालिकाकै रत्न राज्य माविमा केही समय अध्यापन समेत गरेका थिए ।

प्रतिक्रिया