गाउँपालिकाकै पहिलो इन्जिनियरले गरे गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा
मेरोन्यूज
२०७८ फागुन ३० गते १८:३९

सिन्धुपाल्चोक । सिभिल इन्जिनियर ध्रुबराज घिमिरेले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
‘आधारभुत काम गरौ, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ घिमिरेले गाउँपालिकामा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्थानीय युवामाझ लोकप्रिय घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियर हुन । उनीसँग देशका बिभिन्न जिल्लाहरु दर्चुला, ताप्लेजुङ, दैलेख, दोलखा, नुवाकोट लगायतका ठाउँहरुमा विगत १० बर्षदेखि सिभिल इन्जिनियर र प्रोजेक्ट मेनेजरको रुपमा कार्य सम्पादन गरेको अनुभव छ ।
घिमिरेले जुगल गाउँपालिकाकै रत्न राज्य माविमा केही समय अध्यापन समेत गरेका थिए ।
सम्बन्धित
















मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया