थप ८३ जनामा कोरोना, चार दिनयता मृत्यु हुने संख्या शून्य
मेरोन्यूज
२०७८ चैत १ गते १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।
मन्त्रालयका अनुसार, यस अवधिका एक सय ३० जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया