भारतीय कंग्रेसमा रडाको:
सोनिया गान्धीद्धारा निर्वाचन पराजय भाेगेका पाँचै राज्यका प्रमुख पदमुक्त

नयाँदिल्ली । हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन् । यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन् ।
८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन् ।
गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग राजीनामा मागेकी हुन् । पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा माग गरेकी हुन् ।
कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन । ‘कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको थियो ।
पन्जाब पराजय उसका लागि सबैभन्दा खराब थियो । महिनौँको आन्तरिक द्वन्द्वसँगै अनुभवी नेता अमरिन्दर सिंह र चरणजित सिंह चान्नीसँग सिन्धुको झगडाले कंग्रेस पन्जाबमा पतन भएको हो ।
यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो । कंग्रेस कार्य समितिमा वरिष्ठ नेताहरुलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियंकासँगै राजीनामा प्रस्ताव गरेकी थिइन् ।
‘पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन् । तर, उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया