नेपालले पीएनजीविरुद्ध बनायो कीर्तिमानी रन

काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले कीर्तिमानी शतकीय साझेदारी गरेको छ । क्रिकेटर रोहितकुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय प्रहार गरेका हुन् ।
कूल २०५ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको नेपालले पाँचौँ विकेटका लागि रोहित र आरिफले शतकीय साझेदारी गरेका छन् । यो नेपालका लागि एक दिवशीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारी हो ।
यसअघि सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको बनाएका थिए । जारी खेलमा कुशल भुर्तेल (१), ज्ञानेन्द्र मल्ल (४), दीपेन्द्र सिंह ऐरी (८) र आसिफ शेख (१६) आउट हुँदा ४२–४ को स्थितिमा पुगेको थियो ।
लगत्तै रोहित र आरिफले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका थिए । जसका रोहित ५८ रन बनाएर आउट भए । उनले ८२ बलमा ४ चौका प्रहार गरे । अब नेपाललाई जितका लागि १३ ओभरमा ६२ रन आवश्यक छ ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
बाढी-पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया