फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।
फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजका दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन् । आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजालगायतका टोली भीमसेन मन्दिर जाने गर्छन । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । त्यसलाई स्थानिय भाषामा भिसिंह पूजा भन्ने गरिन्छ ।
आजका दिन स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ । भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाइन्छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया