जनकपुर आइपुगे मध्यमा मिथिला परिक्रमावासी
जनकपुर । मिथिला क्षेत्रको प्रसिद्ध मध्यमा मिथिला परिक्रमावासी आज जनकपुरधाम आइपुगेका छन् । फागुन शुक्ल आमावसियामा जनकपुरधामबाट सुरु भएको मध्यमा परिक्रमा विहारको गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको प्रवत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, कल्याणेश्वर हुँदै पुनः जनकपुरधाम पुगी गृहपरिक्रमा पश्चात परिक्रमा सम्पन्न हुन्छ । भोलि विहान २ बजेदेखि नै श्रद्धालुहरू जनकपुरको गृह परिक्रमा गर्छन ।
परिक्रमामा सहभागी श्रद्धालुहरूले खाने, लाउने सामग्री आफैले बोकेर १५ दिनमा करिब एक सय २७ किलोमिटर खाली खुट्टा हिड्ने गर्छन् ।
यसैबीच, जनकपुरधामको वारह विघा पुगेका परिक्रमावासीको स्वागतमा मधेश प्रदेश सरकारको सहयोगमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कार्यक्रमको आयोजना गरेको छ ।
परिक्रमामा सहभागी हुँदा परिवारमा सुख समृद्धिको आगमन, जीवनमा गरेको पापबाट मुक्ति प्राप्ती र मरनोपरान्त आत्माले शान्ति पाउने जनविश्वास रहेकाले छ। मिथिलाञ्चल क्षेत्रको एतिहासिक, धार्मिक तथा पौराणीक महत्वको १५ दिने मिथिला परिक्रममा शुक्रवार धनुषाको प्रवत्ता पुग्नेछ ।
परिक्रमाको प्रत्येक विश्रामस्थलमा मिथिला महात्म्यको कथा वाचन गर्ने परम्परा रहेको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए ।
















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया