दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या
काठमाडौँ । नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन् । दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।
बुधबार नै नाइजेरियको नाइजरस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो । यहाँका प्रहरी अधिकारीले केही व्यक्तिको बन्दुक हमलाबाट कम्तीमा १० जनाको हत्या भएको बताएका थिए ।
नाइजरका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए । त्यसपछि मंगलबार पनि बन्दुकधारीहरुले सोही चौकीमा हमला गरेका उनले बताए ।
नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या गरेका थिए । मंगलबारको गोली प्रहारमा परी चार जना सर्वसाधारण पनि मारिएका छन् । मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए ।
सो क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने काम भएको अधिकारीले जनाएका छन् ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया