निर्वाचन आचारसंहिता : बैंकिङ वा वित्तीय संस्थाबाट मात्र खर्च गर्नु

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गरेको छ । जसमा स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनु पर्ने जनाएको छ ।
आगामी ३० गते हुने निर्वाचनमा धेरै बहालवाला जनप्रतिनिधिहरूले दावेदार गरेसँगै पदबाट राजीनामा दिनु पर्ने भएको हो । मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनु पर्ने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ ।
यस्तै, राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा १५ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिता बनाएको छ । जसअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंकिङ वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने छ ।
उक्त दफाको उपदफा ‘क’मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंकिङ वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने छ ।’ यस्तै, निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने छ ।
















झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया