यु-१८ महिला साफ: दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं । यु १८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशविरुद्धको नेपाल ४–२ ले पराजित भएको छ ।
भारतको जम्सेदपुरमा सम्पन्न खेलको पहिलो मिनेटमै बंगलादेशकी अफिदा खानदकेरले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ३०औं मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३औं मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।
खेलको ४२औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई ४–१ को अग्रता बनाएको थियो ।
इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।
डबल राउन्ड रोविन लिग पद्दतीमा चल्ने प्रतियोगिताको नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता छ । लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।
लिगको तेस्रो खेलमा नेपालले चैत ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया