वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको ईकेवाईसी सेवा सुरु

काठमाडौँ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ। भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी सेवालाई अनलाइन सेवाबाट सञ्चालनमा ल्याएको हो।
यो सेवा प्रयोगमा आएसँगै ग्राहकले आफ्नो खाताको केवाईसी विवरण बिना झन्झट अपडेट गर्न सक्ने छन्। आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ।
डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि कियोस्क सेवाको सुरुवात गरेको छ। यो सेवाबाट प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्ने जस्ता सेवा प्राप्त गर्न सक्ने छन्।
सिटिजन्स बैंकले देशभरि १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया