शनिबार, चैत १४, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७८ चैत ४ गते १६:४१

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका १ भत्केको पुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन्।

Advertisement
nepal life insurencenepal life insurence

उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उच्च अदालत पाटनको २०७८ फागुन १० गते बैंकिङ कसूर मुद्दामा उनलाई २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो।

अदालतले फैसला सुनाएपछ विश्वकर्मा फरार रहेका थिए। उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो।

विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

प्रतिक्रिया