बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ चैत ४ गते १६:४१
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका १ भत्केको पुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन्।
उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उच्च अदालत पाटनको २०७८ फागुन १० गते बैंकिङ कसूर मुद्दामा उनलाई २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो।
अदालतले फैसला सुनाएपछ विश्वकर्मा फरार रहेका थिए। उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो।
विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया