शनिबार, माघ १०, २०८२

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

मेरोन्यूज २०७८ चैत ४ गते २०:०४

काठमाडौँ । तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका ५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका १ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरेको बताए ।

यस्तै, मापसे सेवन गरी होहल्ला गरी हिँड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया