खेलकुद पत्रकार मञ्च गण्डकीमा बराल निर्वाचित
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन्। खेल पत्रकारितको विकाससँगै खेल र खेलाडीको विकासमा क्रियाशील मञ्चको आज पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा उनले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई नौ मतले पराजित गरेका हुन्।
आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिनाले जानकारी दिइन्। मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर निर्वाचित भएका छन्।
अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो। मञ्चको सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
बाढी-पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया