म्यादी प्रहरीका लागि आजदेखि आवेदन खुल्ला, कुन प्रदेशमा कति दरबन्दी ?

काठमाडौं । वैशाख ३० को स्थानीय निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विष्णु कुमार केसीले जानकरी दिए ।
प्रहरी प्रधान कार्यालयले निकालेको सूचना अनुसार कुनै पनि नैतिक पतन नदेखिएको र फौजदारी अभियोग नलागेको हुनुपर्ने छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने छन् ।
प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड भएकाहरुलाई भर्ना हुनका लागि योग्य मानिनेछ । म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन्।
कुन प्रदेशमा कति म्यादी प्रहरी ?
प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी १ लाखको संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्रदेशमा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ७ सय १३ जनाको दरबन्दी छ ।
प्रदेश १ मा १७ हजार ८ सय ३१, (उपत्यकाबाहेक) वाग्मती प्रदेशमा ११ हजार ३ सय ६३ जना, गण्डकीमा १० हजार ६ सय २५, लुम्बिनी प्रदेशमा १६ हजार ९८ र सुदूरपश्चिममा ९ हजार ९ सय ३७ जनाको दरबन्दी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उपत्यकामा ४ हजार ७ सय ३५ जनाको दरबन्दी छ ।
मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरणपछि भने यो संख्यामा केही घटबढ हुन सक्ने निर्वाचन आयोगको भनाइ छ ।
देशभर रहेका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा प्रहरी म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ ।
म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन् । छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया