सिंहदरबार भित्र आजदेखि हेल्थ डेक्स सेवा सुरू

काठमाडौं । आजदेखि सिंहदरबारमा हेल्थ डेक्स सञ्चालनमा आएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिंहदरबारमा कार्यरत कर्मचारीका लागि वीर अस्पताल (चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान)ले आजदेखि हेल्थ डेक्स सुरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवन को पुर्वी प्रवेशद्वार सँगै साविक राष्ट्रिय पुर्नर्निर्वाण प्राधिकरण रहेको भवनबाट सेवा सुरु भएको हाे ।
२०७४ साल फागुन १६ गते स्थापना भएको सिंहदरबारभित्रको स्वास्थ्य केन्द्र कोभिड सुरु भएपछि स्थानको अभावले हेल्थ डेक्स बन्द भएको थियो ।
हेल्थ डेक्स को उद्धाटन सरकारका मुख्य सचिव शंकर दास बैरागीले गरेका हुन् । भने डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.भुपेन्द्र बस्नेत ले मुख्य सचिव बैरागी को स्वास्थ्य जाँच गरी शुभारम्भ गरेका छन् । उक्त डेक्सबाट बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई चिकित्सक र ३ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचकोलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस् भन्ने र सिंहदरबार भित्र आउने सेवागाही लाई समेत स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यले हेल्थ डेक्सकाे स्थापना गरिएकाे, हेल्थ डेक्सका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले जानकारी दिए । उनका अनुसार उक्त हेल्थ डेक्सबाट विशेषज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको छ ।
उक्त हेल्थ डेक्समा अक्सिजनसहित वेड, स्वास्थ्य परीक्षण,वल्ड प्रेसर,वर्ल्ड सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न एम्बुलेन्स सेवा तयारी अवस्थामा रहने बताइएकाे छ ।
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया