शनिबार, माघ १०, २०८२

युक्रनेको दाबी : १५ हजार रुसी सैनिकको मृत्यु, दुई सय लडाकु विमान ध्वस्त

मेरोन्यूज २०७८ चैत ६ गते १९:३६

काठमाडौँ । युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ। युक्रेनका सैन्य अधिकारीले आफूहरूको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो।

युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ। युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी किभमा भिषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ।

युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरूलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारिएको बताएको छ।

यस क्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ। जसमा ४७६ ट्यांक दुई सयभन्दा बढी लडाकु विमान, हेलिकप्टर र ड्रोनका साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ।

प्रतिक्रिया