सोमबार, माघ ५, २०८२

लेटाङमा बिहानैदेखि कर्फ्यू : आइतबारको घटनामा संलग्न रहेको आरोपमा छ जना पक्राउ

मेरोन्यूज २०७८ चैत ७ गते १०:१७

काठमाडौं । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा छजना पक्राउ परेका छन् । आइतबार स्थानीय र प्रहरीबीचको झडपमा एक प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट छ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

गत चैत ४ गते (होलीका दिन) शिक्षा विकास माविका नि.मा.वि का शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा आइतबार (हिजो) तनावग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालयले आज बिहानै देखि अर्को आदेश नहुदाँसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रहरी महिलाको मृत्युपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु

यौन दुर्व्यवहारको आरोपी समात्न गएका एक प्रहरीको हत्या, १८ प्रहरी घाइते

प्रतिक्रिया