सोमबार, माघ ५, २०८२

जग्गा बेच्न नदिएको भन्दै आमाको हत्या गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०७८ चैत ७ गते १६:११

काठमाडौँ । पोखरामा जग्गा बेच्न नदिएको निहुँमा आमाको गर्ने व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका १२ शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

नेपालीको हत्या आरोपमा उनकै छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको अनुसन्धानबाट खुलेको हो।

ओमबहादुरले घर र जग्गा बेच्न खोजेपछि नौमायाले बेच्न मानेकी थिइनन्। त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा आमाको हत्यामा सहयोग मागेको प्रहरीले जनाएको छ।

फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथीले राति नौमायाको हत्या गरेका थिए। घटनापछि दुवै जना कुमारकै घरमा गएका थिए।

प्रतिक्रिया