पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस

काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धान कार्य प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
भरर्खरै कागजात रुजु गर्ने कार्य भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताए । प्रहरीले गर्नु पर्ने अनुसन्धान कार्यमा छुटेको भए पुनः प्रहरी कहाँ पठाउनुपर्छ यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग बनाएर अदालतसमक्ष पेस गरिने छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।














प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया