ऋणको भारले श्रीलंकामा आर्थिक संकट गहिरिदै
प्रिन्टिङ पेपरको चरम अभावपछि श्रीलंकामा ४५ लाख विद्यार्थीको परीक्षा रद्द

काठमाडौँ । श्रीलंका कुनै समय दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली अर्थतन्त्र भएको देश मानिने गरिन्थ्यो । तर, अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ ।
यतिसम्मकी विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ । प्रश्न छाप्ने र उत्तर पुस्तिका लागि आवश्यक कागन आयात गर्नसमेत पर्याप्त विदेशी मुद्रा संचित नहुँदा शनिबार रद्द गरेको थियो ।
गत शनिबार श्रीलंकाका शिक्षा अधिकारीले कागज नभएकाले ४५ लाख विद्यार्थीको परीक्षा अन्योल बनेको बताएका थिए । श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको पनि असर र अन्तर्राष्ट्रिय ऋणसहित अन्य कारराण चरम आर्थिक संकटमा फसेको छ ।
कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी
श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा हो, पर्यटन । सन् २०१९ मा कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो । त्यो कोरोनाको धक्का श्रीलंकामा पनि पर्यो । कोरोना नियन्त्रणका लागि लामो समयसम्म लकडाउनले अर्थतन्त्र चलायमान नहुँदा थप संकटमा पर्यो । विभिन्न रिर्पोटका अनुसार श्रीलंका यस्तो गहिरो आर्थिक संकटमा पर्नुका पछाडि चीनद्वारा नेतृत्व हामबान्तोता अन्तर्राष्ट्रिय बन्दरगाह (पोर्ट)को ठूलो परियोजना जिम्मेवार रहेको देखाउँछ ।
श्रीलंकामा पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो ।
रूस र युक्रेन युद्धको प्रभाव
श्रीलंका चरम आर्थिक संकटमा पुग्नुका एक कारण रूस र युक्रेनबीचको युद्ध पनि हो । गत फेबरुअरी २४ मा युक्रेनमाथि रूसले आक्रमण गर्यो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । झनै श्रीलंकालाई पेट्रोलियमलगायत उपभोग्य वस्तुको आयात गर्न कठिन भयो ।
श्रीलंकामा उर्जाका लागि जल विद्युतमात्रै नभई कोइला र डिजेल प्लान्ट पनि चलाउने गरिन्छ । अहिले डिजेल र कोइला किन्न नसकेर प्लान्ट चलाउन कठिन भएपछि । श्रीलंकाले दैनिक ७ घन्टासम्म लोडसेडिङ गर्ने गरेको छ । लोडसेडिङले सबै उद्योग र व्यवसायमा पूर्ण क्षमतामा चल्न सकेका छैनन् । लोडसेडिङका कारण श्रीलंकाको अर्थतन्त्र झनै नकारात्मक असर परेको छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । सामान किन्न पसलहरूमा लामो समयसम्म लाइन बस्नुपर्ने देखिन्छ । आइतबार र शनिवार मात्र मट्टीतेल, पेट्रोल-ग्यासको लाइनमा उभिएका तीन जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
विदेशी ऋणमा डुबेको श्रीलंका
श्रीलंकालाई विदेशी ऋणको बोझले पनि नराम्रोसँग डुबाएको छ । श्रीलंकाले सबैभन्दा बढी ऋण चीनलाई तिर्नु पर्ने विभिन्न रिर्पोटहरुले देखाएका छन् । आर्थिक संकटबाट बाहिर निस्कन तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग पैसा मागे ।
आइएमएफले सरकारी खर्च कटौती, कर वृद्धिलगायत सर्तहरू राखेर श्रीलंकालाई पैसा दिएको थियो । सन् २०१९ को नोभेम्बरमा गोटवाया राजापाक्षे राष्ट्रपति बने । उनले अर्थतन्त्र चलायमान बनाउन आइएमएफले ऋणसँग लागू गर्नु पर्ने भनेका सर्तहरूको पालना गरेनन् । कर र ब्याजदर दुवै घटाए ।
पछिल्लो समय श्रीलंकामा मुद्राको मूल्य लगातार घटिरहेको छ भने मुद्रास्फीति बढिरह्यो । महामारीको समयभरि विश्व बैंक र एसियन डेभलपमेन्ट बैंकबाट आर्थिक कोष प्राप्त गरिरहेको बताएका थिए ।
उनले थप स्पष्टिकण दिँदै देशको स्वतन्त्रता र सार्वभौमिकतामा कुनै चोट नपुग्ने गरी त्यही किसिमको शर्तमा साधारण ऋण लिने आफूहरुको नीति रहेको बताएका थिए । यसवर्ष श्रीलंकामा कम वर्षा भएका कारण जलविद्युतको उत्पादन झन् घट्यो ।
अहिले श्रीलंकाको कोषमा विदेशी मुद्रा एक अर्ब अमेरिकी डलरभन्दा कम छ भने यो वर्षमात्रै डलरमा तिर्नुपर्ने विदेशी ऋणको किस्ता साढे चार अर्ब बढी छ । विदेशी सञ्चितिमा पैसा जम्मा हुने स्रोत सुक्दै जाँदा तिर्नु पर्ने ऋणले सञ्चिति घट्दै गयो । जसले आर्थिक संकट बढाएको देखिन्छ ।
अहिले इन्धनको मूल्य बढेपछि श्रीलंकाली सरकारले दूधजन्य उत्पादन, खानेकुरालगायत आयात गर्न प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले मलको आयातमा समेत बन्द गर्यो ।
श्रीलंकाली सरकारले गत अप्रिलमा अर्गानिक कृषिलाई प्रोत्साहन गर्न भनेर रसायनिक मल, किटनाशक लगायतमाथि प्रतिबन्ध लगाएको थियो । जसको यस देशका सबैतिर नै विरोध भए ।
श्रीलंकाले अत्यावश्यक सामग्रीको आयातका लागि भारतबाट एक अर्ब डलर सहयोग प्राप्त गरेको थियो । शुक्रबार मात्र वित्तीय मन्त्री बसिल राजापक्ष यसैका लागि नयाँ दिल्ली भ्रमण गर्न गएका थिए ।
यता, राजापाक्षे गत बुधबार आइएमएफलाई गुहारेको छन् । त्यसबाट ऋण नआउँदासम्म यो संकट सामाना भने गर्नै पर्ने देखिन्छ श्रीलंकालीहरुले ।
एजेन्सीहरुको सहयोगमा

















Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया