यु-१८ महिला साफ: नेपालको लगातार तेस्रो हार

काठमाडौं । यु -१८ महिला साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसंग ५–१ अन्तरले पराजित भएको छ ।
भारतको जम्सेदपुरमा सम्पन्न खेलको १६औं मिनेटमा हेमाम सिल्की देवीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् ।
२३औं मिनेटमा लिन्डा कोमले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । यस्तै, ३८ मिनेटमा कोमले नै गोल गर्दै भारतलाई तेस्रो अग्रता दिलाइन् ।
५६औं मिनेटमा भारतकी अनिता कुमारीले चौथो गोल गरिन् । खेलको ६२औं मिनेटमा कोमले ह्याट्रिक गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन् ।
नेपालकी सन्दीपा भोलनले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।
यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल प्रतियोगितामा अंकविहिन छ ।
प्रतियोगितामा तीन खेलबाट नौ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।
डबल राउन्ड रोविन लिग पद्दतीमा चलिरहेको च्याम्पियनसिपमा सर्वाधिक अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्ने छ ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया