शनिबार, माघ १०, २०८२

बागमती प्रदेशसभा बैठक आज बस्दै, अधिवेशन अन्त्य गर्ने सरकारकाे तयारी

मेरोन्यूज २०७८ चैत ८ गते ११:४७

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज मंगलबार बस्दैछ । आज बैठक दिउँसो १ बजे बस्ने भएको हो । एमालेको अवरोधका कारण गत फागुन २९ र ३० गतेबाट यता प्रदेशसभा बैठक बस्न सकेको थिए ।

फागुन २९ र ३० गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका विषयमा जवाफ दिएपछि सदन चलेको थियो ।
एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको,मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो ।

आज बस्ने प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारले योजना बनाएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

प्रतिक्रिया