सेयर बजार दुई अंकले वृद्धि

काठमाडौँ । नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक मंगलबार १६.०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अंकमा पुगेको छ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले बढेर चार सय ९९ दशमलव ३३ पुगेको छ। नेप्सेमा ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँको सेयर कारोबार भएको छ।
इमर्जिङ् नेपाल लिमिटेडको सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो। इमर्जिङ् नेपाल लिमिटेडको सर्किट मूल्यसँगै सेयर मूल्य ६२८ रुपैयाँ पुगेको छ। मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनी घाटामा गएका छन्।
सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ। यस्तै, नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया