‘कार अफ द इयर २०२२’का शीर्ष फाइनलिस्ट छनोट

काठमाडौँ । वर्ल्ड कार अवार्डका आयोजकले तीन फाइनलिस्टमध्ये एउटालाई विश्व प्रसिद्ध ुवर्ल्ड कार अफ द इयर २०२२ुको उपाधि दिने भएको छ । यो अवार्डमा यसपटक तीन ओटा फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन् ।
सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई लानिक्यु पाइभ र किया ईभी सिक्स परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्ने छन् । उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिने छ ।
इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू ईभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ । कार अफ द इयरको तीनओटै फाइनलिस्ट रहे पनि हुण्डाईको आओनिक्यु पाइभबाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् ।
विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो । यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुले अन्य कार निर्माताहरू पनि नयाँ ईभी बनाउन प्रेरित हुने विश्वास लिएको छ ।













कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया