जितका लागि नेपाललाई २९३ रनको लक्ष्य

काठमाडौं ।चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल तयार पार्यो ।
२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पीएनजीको इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए । उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।
भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्का मद्दतमा ७७ रन जोडे । अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । रिलेले ४० बलमा पाँच चौकाको मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट तथा पवन सराफ र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।









विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया