गण्डकी सरकारले बनायो गाडी किन्ने मापदण्ड
काठमाडौँ । गण्डकी प्रदेश सरकारले मातहतका लागि आवश्यक गाडी खरिदको मापदण्ड तयार गरेको छ । फागुन ३० गते बसेको बैठकले सवारी साधनको मापदण्ड अध्ययन प्रतिवेदन पास गरेको छ ।
गाडीको खरिद र उपयोगितामा एक रूपता ल्याउने तथा मितव्ययिता अपनाउन मापदण्ड तोकिएको हो । यसअघि गाडीको मूल्यअनुसार खरिद गर्ने गरेकोमा अब क्षमताका आधारमा खरिद व्यवस्था मिलाइएको छ ।
नयाँ मापदण्डअनुसार मुख्यमन्त्रीका लागि तीन हजार सीसीको मात्रै गाडी किन्न पाइने भएको छ । सभामुख र मन्त्रीका लागि २५ सय सीसी तथा उपसभामुख, विपक्षी दलका नेता, राज्यमन्त्री, दलका सचेतक, दलका नेता, संसदीय सभापतिहरू, सहायक मन्त्री र प्रमुख सचिवका लागि २३ सय सीसीको गाडी किन्न पाइन्छ ।
यस्तै, मुख्य महान्यायाधिवक्ता, संवैधानिक निकायका प्रमुख र सदस्य, प्रदेश सचिवलाई २२ सय सीसीको गाडी किन्न पाइने गरी मापदण्ड तयार गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । उनका अनुसार यसअघि मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयबाट पाउँदै आएका इन्धन अब आफ्नै मन्त्रालयबाट निकाल्न पाउने भएका छन् ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया