आइतबार, माघ ११, २०८२

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

मेरोन्यूज २०७८ चैत ११ गते २१:०३

काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका ५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चालक सुनिलस्मृति गाउँपालिका ३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु ३ त ९९६० नंको ट्र्याक्टर दुर्घटना ग्रस्त भएको थियो ।

ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको बेलुका ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए । चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताए ।

प्रतिक्रिया