ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका ५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक सुनिलस्मृति गाउँपालिका ३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु ३ त ९९६० नंको ट्र्याक्टर दुर्घटना ग्रस्त भएको थियो ।
ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको बेलुका ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए । चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताए ।















दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया