‘केपी बा आइ लभ यु’ भनेर पार्टी चल्दैन : माधव नेपाल
मेरोन्यूज
२०७८ चैत १२ गते १७:३५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीले पार्टीलाई प्रा.लि. जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले अहिलेको अवस्था र्सिजना भएको आरोप लगाएका छन् ।
केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता र्सिजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन, कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनु पर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’
नेकपा एस गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए ।
केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया