आइतबार, माघ ११, २०८२

बर्दियामा पाटेबाघ मृत भेटियो

मेरोन्यूज २०७८ चैत १२ गते १८:५५

काठमाडौँ । बर्दियमा पाटेबाघ मृता फेला परेको छ । शनिबार अपराह्न ३ बजे मधुवन नगरपालिका ६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।

थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।

प्रतिक्रिया