शेखरका चिन्ता : एमाले–माओवादी मिल्लान्, गठबन्धन मात्रै भने कांग्रेस आईको हालत हुनेछ

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सके कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दाबी गरेका छन् ।
विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए ।
‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन्, तर गठबन्धन मात्रै गर्दा कांग्रेस आईको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको कांग्रेस आई गठबन्धन गर्दा गर्दै अहिले चारैतिर कमजोर भएको छ, यसलाई बुझ्नु पर्छ ।’
कोइरालाले गठबन्धनतर्फ जानेभन्दा पार्टीको आन्तरिक मजबतलाई बलियो बनाउन जोड गरे । ‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक विषयलाई मजबुत र एकजुट बनाउनु पर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ, हुन त सभापतिज्यू त्यसमा लागिरहनु भएको छ,’ कोइरालाले भने, ‘यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन भनिरहनु हुन्न ।’
उनका अनुसार एमाले र माओवादी विभाजन भएको अवस्थामा सोचपूर्ण रुपले निर्णय लिनु पर्ने अवस्था छ ।
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया