सांसद साहमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री खाँण
मेरोन्यूज
२०७८ चैत १२ गते २०:४५

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन हुने बताएका छन् । सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा आज बिहान जसपाका प्रमुख सचेतकसमेत रहेका शाहमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको हो ।
घाइते साहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्री खाँणले उनलाई भेट्न अस्पताल पुगेका थिए । सोही क्रममा घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका थिए ।
गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।
सम्बन्धित















कांग्रेसले कैलालीका ५ क्षेत्रमा टुंग्यायाे उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया