जर्मनी र स्पेन अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी
मेरोन्यूज
२०७८ चैत १३ गते ९:०३

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । जर्मनीले इजरायललाई २-० अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।
२६ औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए ।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।
७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए । खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया