सांसद साहमाथि आक्रमण गरेको अभियोगमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ चैत १३ गते १५:३६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रमोद साहलाई आक्रमण गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
शनिबार बिहान सडक विस्तारको क्रममा परेको फूलजोर युवा क्लबको घर राख्ने कि सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सोही क्रममा सांसद साहमाथि आक्रमण भएको थियो । उनलाई आक्रमण गरेको अभियोगमा ईश्वरपुर नगरपालिका ६ बयलबासका दुई जनालाई पक्राउ गरेको हो ।
सर्लाही प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । ढुंगाले लागेर साहको टाउकोमा गहिरो घाउ लागेको छ । उनलाई थप उपचारका लागि शनिबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया