राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता
मेरोन्यूज
२०७८ चैत १३ गते १९:१६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार अपरान्हदेखि शुरु पार्टी स्थायी समितिको बैठक स्थलबाट एमाले अध्यक्ष ओली सीधै राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न पौने ६ बजे शीतल निवास पुगेको स्रोतले जनाएको छ । ‘लामो समय भएको थियो राष्ट्रपति र पार्टी अध्यक्षबीच भेटघाट नभएको त्यसले आज समय मागिएको थियो भेटघाट भएको हो, भेटघाटमा समसामयिक राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचको विषयमा कुराकानी भएको छ’, स्रोतले भन्यो ।
बिहीबार ३ बजेदेखि एमाले स्थायी समितिको बैठक पनि महाराजगञ्जको रोयल दरबार रेष्ट्रो एण्ड भेन्यूमा बसेको हो । बैठक सकेर एमाले अध्यक्ष शितल निवास गएका थिए ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया