सानिमा बैंकद्वारा चार होटलसँग ग्राहकलाई छुटको सम्झौता
मेरोन्यूज
२०७८ चैत १४ गते १६:१३

काठमाडौँ । सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफट काठमाडौँ ठमेलसँग होटलको सेवाहरूमा छुट दिने सम्झौता गरेको छ । ग्राहकले सानिमा भिसा कार्ड र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने भएको हो ।
बैंकका अनुसार र्याडिसन होटलमा १० प्रतिशत, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट काठमाडौँ ठमेलमा १५ प्रतिशत छुट पाउने छन् । यी होटलमा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट उपलब्ध हुने भएको हो ।
सानिमा बैंकले देशभर १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम सञ्चालनमा ल्याएको छ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
सम्बन्धित

















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया