आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नुहँदा समस्या

हुम्ला जिल्लामा झण्डै २८ वर्षअघि स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रका लागि भवन नहुँदा समस्या भएको छ । अहिलेसम्म यो केन्द्र भाडाको घरमा सञ्चालन हुँदै आएको छ । विसं २०५० असार २५देखि उक्त केन्द्र भाडामा बस्दै आएको हो । आफ्नो भवन नहुँदा आयुर्वेद तथा योग शिविर सञ्चालन तथा बिरामीको चाप बढेका बेला उपचारमा समस्या आउने गरेको केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताउनुभयो । आवश्यक स्वास्थ्य उपकरण र आयुर्वेद पद्धतिका विषेशज्ञ चिकित्सक भए पनि पर्याप्त ठाउँ नहुँदा बिरामीलाई उपचार गर्न समस्या हुने गरेको उहाँको भनाइ थियो । सरकारी बजेट तलब, औषधि तथा घरभाडाका लागि मात्र पुग्ने र अन्य सहयोग गर्ने संस्था नभएकाले आवश्यकताअनुसार केन्द्रलाई विस्तार गर्न नसकिएको उहाँको भनाइ थियो । पञ्चकर्म, क्षारसुत्र, शल्यक्रिया, होमियोप्याथी र प्राकृतिक चिकित्सालगायतबाट पनि सो केन्द्रले उपचार सेवा प्रदान गर्दै आएको छ । भवनका लागि जग्गा खरिद गर्न जिल्लाका प्रदेश सांसददेखि गाउँपालिकाका जनप्रतिनिधिसम्म आग्रह गर्दा पनि सुनुवाइ नभएको केन्द प्रमुख जोसीले बताउनुभयो । —
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया