आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नुहँदा समस्या

हुम्ला जिल्लामा झण्डै २८ वर्षअघि स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रका लागि भवन नहुँदा समस्या भएको छ । अहिलेसम्म यो केन्द्र भाडाको घरमा सञ्चालन हुँदै आएको छ । विसं २०५० असार २५देखि उक्त केन्द्र भाडामा बस्दै आएको हो । आफ्नो भवन नहुँदा आयुर्वेद तथा योग शिविर सञ्चालन तथा बिरामीको चाप बढेका बेला उपचारमा समस्या आउने गरेको केन्द्रका प्रमुख कृष्णचन्द्र जोसीले बताउनुभयो । आवश्यक स्वास्थ्य उपकरण र आयुर्वेद पद्धतिका विषेशज्ञ चिकित्सक भए पनि पर्याप्त ठाउँ नहुँदा बिरामीलाई उपचार गर्न समस्या हुने गरेको उहाँको भनाइ थियो । सरकारी बजेट तलब, औषधि तथा घरभाडाका लागि मात्र पुग्ने र अन्य सहयोग गर्ने संस्था नभएकाले आवश्यकताअनुसार केन्द्रलाई विस्तार गर्न नसकिएको उहाँको भनाइ थियो । पञ्चकर्म, क्षारसुत्र, शल्यक्रिया, होमियोप्याथी र प्राकृतिक चिकित्सालगायतबाट पनि सो केन्द्रले उपचार सेवा प्रदान गर्दै आएको छ । भवनका लागि जग्गा खरिद गर्न जिल्लाका प्रदेश सांसददेखि गाउँपालिकाका जनप्रतिनिधिसम्म आग्रह गर्दा पनि सुनुवाइ नभएको केन्द प्रमुख जोसीले बताउनुभयो । —













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया