‘स्यस्य समाज यल’को सदस्यहरूको निशुल्क मधुमेह परीक्षण

काठमाडौँ । बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोन रोगको सघन उपचारका लागि स्थापित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले ‘स्यस्य समाज यल’को एक सय १० जना सदस्यहरूको निशुल्क मधुमेह परीक्षण गरेको छ ।
क्लिनिकले शनिबार चैत्र १२ गते ललितपुर स्थिति अशोक पार्टी प्यालेसमा स्यस्य समाज यलको आठौँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै निशुल्क परीक्षण सेवा उपलब्ध गराएको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सेवा उपलब्ध गराएको र त्यसबाट सयौँ जना लाभाम्वित भएको क्लिनिक सञ्चालक तथा मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. सुमन सिंखडाले बताए ।
पछिल्ला वर्षमा बाथ, सुगर तथा थाइरोइडको रोगीहरू बढिरहेको तर गुणस्तरीय उपचार अभाव रहेको अवस्थामा आफूहरूले बाथ, मधुमेह तथा थाइरोइड रोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वारा सेवा प्रवाह गर्दै आएको सञ्चालक सिंखडाले बताए ।
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया