मंगलबार, पुष १५, २०८२

‘स्यस्य समाज यल’को सदस्यहरूको निशुल्क मधुमेह परीक्षण

मेरोन्यूज २०७८ चैत १४ गते १७:३२

काठमाडौँ । बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोन रोगको सघन उपचारका लागि स्थापित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले ‘स्यस्य समाज यल’को एक सय १० जना सदस्यहरूको निशुल्क मधुमेह परीक्षण गरेको छ ।

क्लिनिकले शनिबार चैत्र १२ गते ललितपुर स्थिति अशोक पार्टी प्यालेसमा स्यस्य समाज यलको आठौँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै निशुल्क परीक्षण सेवा उपलब्ध गराएको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सेवा उपलब्ध गराएको र त्यसबाट सयौँ जना लाभाम्वित भएको क्लिनिक सञ्चालक तथा मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. सुमन सिंखडाले बताए ।

पछिल्ला वर्षमा बाथ, सुगर तथा थाइरोइडको रोगीहरू बढिरहेको तर गुणस्तरीय उपचार अभाव रहेको अवस्थामा आफूहरूले बाथ, मधुमेह तथा थाइरोइड रोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वारा सेवा प्रवाह गर्दै आएको सञ्चालक सिंखडाले बताए ।

प्रतिक्रिया