पोखरामा टिभिएस एण्टर्क राइड सम्पन्न

पोखरा । टिभिएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँ बजारस्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौ डाँडास्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो । सहभागिहरूबीच विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरू सहभागी रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरूबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास ब्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए । राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसी र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता रहेको थियो ।

















बूढानीलकण्ठमा पुरुषकाे शव फेला
सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
म्याग्दीमा करिब ७ प्रतिशत मत बदर
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया