३६ लाख रुपैयाँको बेवारिसे गहना
काठमाडौँ । कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।
मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन सुन ल्याइएको हुन सक्ने बताए ।
‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए ।
बेवारिसे झोलामा चार सय ३० ग्राम गहना र दुई सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिब ३६ लाख ८ हजार ४९० हुने अनुमान गरिएको छ ।
झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया