३६ लाख रुपैयाँको बेवारिसे गहना
काठमाडौँ । कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।
मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन सुन ल्याइएको हुन सक्ने बताए ।
‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए ।
बेवारिसे झोलामा चार सय ३० ग्राम गहना र दुई सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिब ३६ लाख ८ हजार ४९० हुने अनुमान गरिएको छ ।
झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए ।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया