सर्लाहीमा करिब पाँच लाख मतदाता
मेरोन्यूज
२०७८ चैत १५ गते १६:१४

सर्लाही । जिल्लामा मतदाताको संख्या चार लाख ७४ हजार ४३९ पुगेको छ । तीमध्ये पुरुष दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौ जना मतदाता रहेका छन् । जिल्लाको पालिकामा मतदान स्थल संख्या ३१८ र जम्मा मतदान केन्द्र संख्या ५९९ कायम रहेको उनले बताए ।
सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता संख्या रहेको छ । ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता संख्या रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका सुरक्षा अधिकारीहरुले मतदानस्थल र केन्द्रहरुको स्थलगत अनुगमनसमेत गरेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया