स्माट च्वाईस र एनआईसीबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआईसी एसियाबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेको छ ।
काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रमबीच स्माट च्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसीका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापश्चात विभिन्न व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमाफर्त कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो मानिदै आएको छ ।
विगत दुई दशकदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाईस र एनआईसीबीच भएको सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न आशा लिइएको छ ।

















एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
लमजुङमा ९ उम्मेदवारको जमानत जफत
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया