स्माट च्वाईस र एनआईसीबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआईसी एसियाबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेको छ ।
काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रमबीच स्माट च्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसीका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापश्चात विभिन्न व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमाफर्त कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो मानिदै आएको छ ।
विगत दुई दशकदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाईस र एनआईसीबीच भएको सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न आशा लिइएको छ ।













हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया