आइतबार, माघ ११, २०८२

डोटीमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

मेरोन्यूज २०७८ चैत १५ गते १७:१०

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका ७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका ४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् । दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका ३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।

डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जनाएको छ ।

प्रतिक्रिया