डोटीमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत १५ गते १७:१०
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका ७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका ४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् । दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका ३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।
डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जनाएको छ ।
सम्बन्धित
















लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यामाहा FZS FI हाइब्रिड एक हप्तामै सोल्ड आउट, नयाँ ब्याचका लागि प्रि-बुकिङ खुला
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया