पल शाहले दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल पाउने

काठमाडौँ । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले दैनिक ६० रुपैयाँ नगद पाउने भएका छन् । यस्तै, उनले दैनिक सात सय ग्राम चामल रासनका रुपमा पाएका छन् ।
तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीका अनुसार अभिनेता शाहले दैनिक ६० रुपैयाँ नगद र सात सय ग्राम चामल पाएका हुन् । कारागारमा उनले पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गरेर दिन बिताउँदै आएको अधिकारीले बताए ।
जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका शाहलाई जिल्ला कारागारमा राखिएको छ । उनलाई जिल्ला कारागारको ‘बि ब्लक’मा राखिएको छ ।
अभिनेता शाहसँगै ‘बि ब्लक’मा एक सय ४० जना कैदीबन्दी रहेका छन् । कूल ८० जना क्षमता भएको ब्लकमा शाहलाई पनि राखिएको हो ।
आफूलाई जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको भन्दै अभिनेता शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरामा निवेदन दिएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने आदेश चित्त बुझ्दो नभएको भन्दै उनले उच्च अदालत पोखरामा पुनरावेदन दिएका हुन् ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस गत १० गते सकिएको थियो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा शाहलाई थुनामा राख्न आदेश दिएको थियो । यस्तै, उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।
अभिनेता शाहले नाबालिक गायिकालाई विवाह गर्ने आश्वासन देखाएर पटक–पटक करणी गर्दै आएको भन्दै गत ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । आफूविरुद्ध उजुरी परेसँगै गत १५ फागुनमा उनले तनहुँ प्रहरीसमक्ष आत्मा सर्मपण गरेका थिए ।
















दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया